प्रमुख उपलब्धिहरु


प्रथम चौमासिक अबधिको  संक्षिप्त प्रगति प्रतिवेदन

  • आ.व २०७४/७५ को  प्रथम चौमासिक अवधिमा भारित प्रगति ७१.८ % र बित्तिय प्रगति ५३.० %  रह्यो ।
  • यस आ.व.को  प्रथम चौमासिकमा ६ लाख ५५ हजार ९९२  बेर्ना बितरणबाट करिब १३१० रोपनी क्षेत्रफलमा करेसाबारी तथा ब्यवसायिक तरकारीको क्षेत्रफलमा बृद्धि  हुने।
  • प्रथम चौमासिकमा 3२१ के. जी. तरकारी ‍मूल तथा उन्नत वीउ बिक्री वितरणबाट १२ हे. क्षेत्रफलमा वीउ उत्पादन हुने  । 2000 ग्राम सिर्जना गोलभेडाको  हाईब्रिड वीउ  उत्पादन भई यस अबधिमा  385 ग्राम  बितरणबाट करिब ७५ रोपनी क्षेत्रफलमा गोलभेडा उत्पादनमा टेवा पुग्ने।
  • चौमासिक अवधिमा उदयपुर, र  ललितपुर जिल्लामा सञ्चालित २ वटा व्यवसायिक तरकारी खेतिबाट तालिमवाट 50 कृषक लाभान्वित।
  • चौमासिक अवधिमा   ललितपुर र काठमाडौं जिल्लामा सञ्चालित ३ वटा स्थलगत घुम्ति तथा स्कुल हर्टिकल्चर तालिमबाट 50 कृषक र ५० बिद्दयार्थी लाभान्वित।
  •  प्रथम  चौमासिक अवधिमा बीउ तथा बेर्ना बिक्रीवाट रु ६ लाख ८४ हजार ७ सय २९ रुपैयाँ 50 पैसा गैह्रकर राजश्व  संकलन।
  •  यस आ.ब. को प्रथम चौमासिक सम्म ३६१७ सेवाग्राहीले प्रत्यक्ष सेवा पाएका ।