प्रमुख उपलब्धिहरु
प्रथम चौमासिक अबधिको संक्षिप्त प्रगति प्रतिवेदन
- आ.व २०७४/७५ को प्रथम चौमासिक अवधिमा भारित प्रगति ७१.८ % र बित्तिय प्रगति ५३.० % रह्यो ।
- यस आ.व.को प्रथम चौमासिकमा ६ लाख ५५ हजार ९९२ बेर्ना बितरणबाट करिब १३१० रोपनी क्षेत्रफलमा करेसाबारी तथा ब्यवसायिक तरकारीको क्षेत्रफलमा बृद्धि हुने।
- प्रथम चौमासिकमा 3२१ के. जी. तरकारी मूल तथा उन्नत वीउ बिक्री वितरणबाट १२ हे. क्षेत्रफलमा वीउ उत्पादन हुने । 2000 ग्राम सिर्जना गोलभेडाको हाईब्रिड वीउ उत्पादन भई यस अबधिमा 385 ग्राम बितरणबाट करिब ७५ रोपनी क्षेत्रफलमा गोलभेडा उत्पादनमा टेवा पुग्ने।
- चौमासिक अवधिमा उदयपुर, र ललितपुर जिल्लामा सञ्चालित २ वटा व्यवसायिक तरकारी खेतिबाट तालिमवाट 50 कृषक लाभान्वित।
- चौमासिक अवधिमा ललितपुर र काठमाडौं जिल्लामा सञ्चालित ३ वटा स्थलगत घुम्ति तथा स्कुल हर्टिकल्चर तालिमबाट 50 कृषक र ५० बिद्दयार्थी लाभान्वित।
- प्रथम चौमासिक अवधिमा बीउ तथा बेर्ना बिक्रीवाट रु ६ लाख ८४ हजार ७ सय २९ रुपैयाँ 50 पैसा गैह्रकर राजश्व संकलन।
- यस आ.ब. को प्रथम चौमासिक सम्म ३६१७ सेवाग्राहीले प्रत्यक्ष सेवा पाएका ।